बर्दियामा सीमा सुरक्षा पोस्ट थपिने

समाचार

12/4/2019

बर्दिया, १८ मंसिर । जिल्लास्थित नेपाल–भारत खुला सिमानामा सीमा सुरक्षा बलका पोस्ट बढाउने तयारी थालिएको छ ।

दुई देशबीचको खुला सीमामा नेपालतर्फ बोर्डर अब्जरभेसन पोस्ट (सीमा सुरक्षा चौकी) न्यून संख्यामा भएपछि सशस्त्र प्रहरी बलको नम्बर ३९ गण हेडक्र्वार्टर बर्दियाले तीन वटा बीओपी थप्ने प्रस्ताव गरेको हो ।

खुला सीमा र सीमा स्तम्भको सुरक्षा तथा निगरानी गर्न ३ ठाउँमा बीओपी थप्न प्रस्ताव पेस गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ हेडक्र्वार्टर बर्दियाका एसपी यादव विश्वकर्माले बताए ।

‘हस्नापुर कट्टी, कोठियाघाट र शितलाबजारमा पोस्ट थप्ने तयारी गर्दैछा’ैं, उनले भने । ८२ किलोमिटर नेपाल–भारत खुला सीमा अनुगमन गर्न एउटा बीओपीले कम्तीमा २० किलोमिटर हेर्नुपर्छ । अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ