बारा र पर्साका हावाहुरी पीडितहरुको घर निर्माण शनिबारदेखि

समाचार

4/29/2019

वीरगन्ज, १६ बैशाख । गत चैत हावाहुरीका कारण बारा र पर्सामा घरबारविहीन भएकाहरुका लागि नेपाली सेनाले घर निर्माण कार्य सुरु गर्ने भएको छ ।

आगामी शनिबारदेखि नेपाली सेनाले घर निर्माण सुरु गर्ने जनाइएको छ । जसका लागि संघीय सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरिसकेको छ ।

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने जानकारी दिएका हुन् ।

सरकारले उक्त काममा ७ सय ५० जना इन्जिनियर खटिने पनि उनले बताए । संघीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई जिम्मा दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ