काठमाडौं, २३ मंसिर । नेपाली बालिकालाई जबरजस्ती करणी तथा उद्योग गरेको अभियोगमा अमेरिकी नागरिक राहदानी नम्बर ५६७४७२५३५ बाहक ४० वर्षीय जेसन एललोइड मूडीलाई काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक प्रलोभन देखाई खानेकुरा दिई ललाई फकाई नेपाली बालबालिकालाई यौनशोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा उक्त गेष्ट हाउसको कोठा नम्बर १०४ बाट ३ बालिकासहित अमेरिकी नागरिकलाई आपत्तिजनक अवस्थामा आइतबार फेला पारी केन्द्रीय अनुसन्धान ब्यूरो महारागंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलको कोठाबाट ५६७४७२५३५, ५०६०७३०८४ र ५४५६५८५०० नम्बरका युएसएको राहदानी ३ थान, ल्यापटप १ थान, मोबाइल ४ थान, बिभिन्न बैंकको एटिएम कार्डहरु, मास्टर कार्डहरु तथा चेकको स्लिपहरु र विश्वभाषा क्याम्पसबाट जारी भएका उनको परिचयपत्र १ थान प्रहरीले बरामद गरेको छ ।
अमेरिका नागरिक मूडी बाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको तथा उनी उपर जबरजस्ती करणी सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
तपाईको प्रतिक्रिया