रुपन्देही, १३ असार । मायादेवी गाउँपालिका ६ बनगाईस्थित सडकमा लु.१च ६०१६ नम्बरको बलेरो जिपले लु.३७ प ९१९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सियारी गाउँपालिका २ बस्ने २८ वर्षीया राधिका चौधरीको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया