नवलपरासी, ११ फागुन । नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।
कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बालक गोतामेको उपचारका क्रममा भरतपुर अस्पलातमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया