बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

11/22/2019

रुपन्देही, ६ मंसिर । ओमसतीया गाउँपालिका–१ ठूटीपिपलस्थित सडकमा लु.१ क ३६६२ नम्बरको बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

सिद्धार्थ नगरपालिका–८ शिवमन्दिर बस्ने ४२ वर्षीय दिवाश चन्द ठकुरीको शुक्रबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ