सप्तरी, २१ असार । खडक नगरपालिका ५ स्थित सडकमा ग.१ ख ३७८८ नम्बरको बसले स.११ प ९८६ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा धनगढी नगरपालिका १ बस्ने ३० वर्षीय वीरेन्द्र चौधरीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनगढी नगरपालिका(१ बस्ने ५२ वर्षीय छटु सदाको राउ स्मारक अस्पताल लहानमा उपचारको भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया