बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

समाचार

11/5/2019

कैलाली, १८ कार्तिक । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा भे.१ ख १७३२ नम्बरको बसले से.३ प ६३७६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय राज बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय मान बहादुर चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ