बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

समाचार

11/5/2019

मोरङ, १८ कार्तिक । बुढिगंगा–१ शान्तिचोकस्थित कोशी राजमार्गमा को. १ ख ७२२५ नम्बरको बसले को. २७ प १०२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा उक्त मोटरसाइकल चालक बुढिगंगा–४ बस्ने ५२ वर्षीय सुवालाल माझी खाँ र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीया अन्जली माझी रहेका छन् ।

बसको ठक्करबाट घाइते भएका उनीहरुको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालक सिराहा धनगढीमाई नगरपालिका–१२ बस्ने ३४ वर्षीय सन्जिव खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ