भारतको आम चुनावको तालिका सार्वजनिक

समाचार

3/10/2019

काठमाडौं, २६ फागुन । छिमेकी मित्रराष्ट्र भारतको आम चुनावको तालिका सार्वजनिक भएको छ ।

भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी आम चुनावको तालिका सार्वजनिक गरेको हो ।

११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सम्पन्न हुनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।

भारतको आम चुनावको मतदान सात चरणमा हुने भएको छ ।

पहिलो चरण ११ अप्रिल, दोस्रो चरण १८ अप्रिल, तेस्रो चरण २३ अप्रिल, चौथो चरण २८ अप्रिल, पाँचौं चरण ६ मे, छैटौं चरण १२ मे र सातौं चरण १९ मेमा हुने तालिका सार्वजनिक भएको हो ।

आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मतदाताले मतदान गर्नेछन् ।

१० लाख मतदान केन्द्र हुनेछन् भने हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल भीभीप्याटको व्यवस्था हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ