भारतको ठूलो विश्वविद्यालय लब्ली युनिभर्सिटी काठमाडौंमा

समाचार

5/7/2019

काठमाडौं, २३ बैशाख । भारतको नीजि क्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)ले आफ्नो एडमिसन अफिस राजधानीको बागबजारमा स्थापना गरेको छ ।

एलपयिूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँंग सहकार्य गरि आफ्नो कार्य आरम्भ गरेको हो । एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे ले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै केही संस्थाहरुले सहि सूचना र परामर्श नदिँदा समग्रमा यो क्षेत्र बद्नाम भएको तर यसको वास्तविकता त्यस्तो भने नभएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष बिष्णुहरी पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै एलपियुका एडिसनल डाईरेक्टर अमन मित्तलले नेपालका विद्यार्थीहरुलाई छात्रवृति दिइने तथा नेपालका विद्यार्थीका लागि यो राम्रो अवसर हुने बताए ।

कार्यक्रममा बोल्दै भारतीय राजदुतावासका शिक्षा तर्फका द्वितिय सचिव निरज जैसवालले एलपियू नेपाली विद्यार्थीहरुका लागि निक्कै उपयोगी हुने समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ