काठमाडौं, ३ असोज । नेपालमा थप तीन विदेशी एयरलाइन्सले उडान गर्ने तयारी गरेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै उनीहरूले प्रक्रिया अघि बढाएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसमध्ये भारतका दुई र कुवेतको एउटा एयरलाइन्स छन् ।
भारतको जेट एयरवेजले उडान बन्द गरेपछि स्पाइस जेटले पुनस्उडान सुरू गर्ने भएको छ । उसले कात्तिकदेखि काठमाडौंमा उडान सुरू गर्ने जनाएको छ ।
त्यस्तै भारतकै अर्को विस्तारा एयरलाइन्सले पनि काठमाडौं उडान सुरू गर्ने भएको छ । उसले उडान सुरू गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिइसकेको छ ।
त्यस्तै कुवेतको जजिरा एयरवेज पनि नेपाल आउने भएको छ ।
यसअघि वातानिया एयरलाइन्स उडान बन्द गरेर फर्किएको थियो । त्यसलगत्तै जर्जियाले काठमाडौंमा उडान सुरू गर्ने तयारी गरेहको हो । अहिले नेपालमा २३ विदेशी एयरलाइन्सले उडान गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया