काठमाडौं, ६ असोज । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रख्यात शास्त्रीय साङ्गितिक समूह ‘सुरसुधा’की मुख्य गायिका सरस्वती खत्रीको प्रशंसा गरेका छन् । उनले सोमबार एक ट्वीट गरी गायिका खत्रीको प्रशंसा गरेका हुन् ।
गायिका खत्रीको स्वरमा रेर्कड गरिएको महात्मा गान्धीका प्रिय भजन ‘बैष्णव जन ते तेने कहिए’ श्रवण गरेपश्चात प्रधानमन्त्री मोदीले सो ट्वीट गरी गायिका खत्रीको स्वरमा उक्त भजन श्रवण गर्न पाउँदा आफ्नो नेपाल भम्रणको स्मृति ताजा भएको उल्लेख गरेका छन् ।
विश्व शान्तिका प्रणेता महात्मा गान्धीको १५०औं जन्म जयन्ती मनाउनका लागि २०१८ अक्टुबर २ तारिखका दिन नेपालका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलेको प्रमुख आतिथ्यमा राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पनि गायिका खत्रीले उक्त भजन गाएकी थिइन् ।
उपप्रधामन्त्री पोखरेलले पनि खत्रीको प्रशंसा गरेका थिए भने उपस्थित दर्शकदिर्घा समेत उनको भजनले मन्त्रमुग्ध भएका थिए ।
प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट मार्फत गान्धीको सो प्रिय भजनले नेपाल र भारत दुबै देशको मुल्य–मान्यतालाई प्रतिविम्बित गर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया