काठमाडौं, २५ असार । भारतका लागि नेपाली राजदूत रहेका निलम्बर आचार्यलाई भुटान पनि हेर्नेगरी जिम्मेवारी दिएको छ ।
सरकारले आचार्यलाई भारतसँगै भुटान पनि हेर्नेगरी जिम्मवारी दिएको हो । मन्त्रिपरिषद भारतको नयाँदिल्लीमा कार्यरत आचार्यलाई भुटानको गैरअवासीय राजदूतमा सिफारिस गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
तपाईको प्रतिक्रिया