भारतका विदेशमन्त्री जयशंकर भाद्र ४ गते आउँदै

समाचार

8/12/2019

काठमाडौँ, २७ साउन । छिमेकी मित्रराष्ट्र भारतका विदेशमन्त्री एस. जयशंकर आगामी भाद्र ४ गते नेपाल आउने भएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

भाद्र ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री जयशंकरलाई दिवा भोज दिनेछन् । त्यसपछि विदेशमन्त्रीले उच्चस्तरीय भेटघाट हुनेछ ।

नेपालस्थित भारतीय दुतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाइएको छ ।

त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ । उनी भाद्र ५ गते विहानै भारत फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ