काठमाडौं, ११ मंसिर । काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ७० औं संविधान दिवस मनाएको छ ।
दूतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरीले शुभकामना दिए ।
त्यसअवसरमा नेपालमा रहेका भारतीयहरु, विभिन्न स्कुलका विद्यार्थीहरु र भारतीय दूतावासका कर्मचारीहरुले भारतीय संविधानको प्रस्तावना वाचन गरेका थिए ।
भारतको संविधानसभाले २ वर्ष ११ महिना र १८ दिनमा संविधान बनाएर २६ नोभेम्बर १९४९ मा राष्ट्रलाई समर्पित गरेको थियो ।
तपाईको प्रतिक्रिया