भारत–चीनबीच वास्तविक नियन्त्रण रेखा नहुँदा अतिक्रमण बढ्यो : भारतीय रक्षामन्त्री सिंह

समाचार

12/4/2019

नयाँदिल्ली (भारत), १८ मंसिर । भारतका रक्षामन्त्री राजनाथ सिंहले भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखाको विषयमा अलग–अलग धारणा भएकै कारण अतिक्रमण बढेको बताएका छन् ।

बुधबार लोकसभामा बोल्दै सीमाको विषयमा कसैले चिन्ता लिनु नपर्ने र भारतीय सेना पूर्णरुपमा तयारी अवस्थामा रहेको उनले बताए ।

लोकसभाको शून्य समयमा कांग्रेसका अधीर रञ्जन चौधरीले चिनियाँ सेनाका भारतीय क्षेत्रमा प्रवेश गरेको दाबी गरेका थिए । ‘हामी जहिले पनि पाकिस्तानसँग आक्रामक व्यवहार गर्छौं,’ उनले प्रश्न गरे, ‘तर, पाकिस्तानलाई पछाडिबाट सहयोग गरिरहेको चीनप्रति सधैं नरम व्यवहारमा किन ?’

रक्षामन्त्री सिंहले भने, “म यस सदनलाई र सदनका माध्यमबाट देशबासीलाई विश्वस्त पार्न चाहन्छु कि सीमा सुरक्षाका विषयमा भारतीय सेना पूर्णरुपमा तयारी अवस्थामा छ । भारतीय सीमाको रक्षार्थ खटिएको सेना कुनै पनि किसिमको चुनौतीलाई सामना गर्न सक्षम छ । त्यसकारण चिन्ता लिनुपर्ने कुनै कारण छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ