काठमाडौं, २३ असार । भारतले विभिन्न १६ वटा देशलाई आर्थिक अनुदान दिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका देशहरुलाई भारतले अनुदान दिने गरेको छ ।
भारतले सबैभन्दा बढी अनुदान दिने देशमध्ये नेपाल तेस्रो स्थानमा परेको छ । नेपाललाई दिईँदै आएको अनुदान रकममा यस वर्षको बजेटमा ४० प्रतिशतले बृद्धि गरेपछि नेपाल तेस्रो स्थानमा परेको हो ।
यस आर्थिक वर्षमा भारतले सबभन्दा बढी भुटान र त्यसपछि मरिससलाई आर्थिक अनुदान दिने छ भने तेस्रो स्थानमा नेपाललाई आर्थिक अनुदान दिदैछ । भारतीय संसदमा प्रस्तुत भएको बजेटसहित नेपाललाई कुल १६ अर्व ४० करोड दिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया