भारतमा पनि मनाइयो भानु जयन्ती

समाचार

7/15/2019

काठमाडौं, २९ असार । भारतका नेपालीभाषी भारतीयहरुले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाएका छन् ।

आदिकवि भानुभक्तको २०६ औं जन्म जयन्ती १३ जुलाईका दिन मनाएका हुन् । सरकारी क्यालेन्डर अनुसार १३ जुलाई सार्वजनिक विदा भएको र सरकारले पनि सोही दिन मनाउने हुँदा त्यसै दिन जन्म जयन्ती मनाइएको हो ।

भारतका पूर्वोत्तर राज्यहरुमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई नेपालीभाषी भारतीयहरुले उत्सवका रुपमा मनाउने गर्छन् ।

वर्षेनी जुलाई महिनाको १३ तारिकका दिन भारतीय नेपालीभाषीहरु नेपाली पोषाकमा सजिएर आदिकवि आचार्यको जन्म जयन्तीमा मनाउनमा व्यस्त देखिन्छन् ।

विशेषगरि पूर्वोत्तर भारतका राज्यहरुमा गरिने भानु जयन्ती कार्यक्रममा नेपाली मौलिक नाच मारुनी नाच तथा विभिन्न कविता वाचनका कार्यक्रम हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ