काठमाडौं, ३ पुस । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति नचाहने तत्वहरूले नेपाल र भुटानको सीमा प्रयोग गर्ने गरेको बताएका छन् ।
भारतको सीमा सुरक्षा बल (एसएसबी)को ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भुटान र नेपालसँग भारतको सौहार्दपूर्ण सम्बन्ध भए पनि केही तत्वहरूले खुला सीमाको फाइदा उठाउने गरेको बताए ।
‘भारतमा शान्ति देख्न नचाहने केही तत्वहरूले भारतमा घुस्न यी देशका सीमा प्रयोग गर्न खोज्छन्,’ शाहले भने । उनले एसएसबीको सुरक्षाका कारण १ सय ३० करोड भारतीय शान्तिसँग सुत्न सकेको पनि बताए ।
तपाईको प्रतिक्रिया