काठमाडौं, २३ भाद्र । भारतीय जनसञ्चार संस्थान एल्मुनाई एशोसिएशन नेपाल च्याप्टरको पहिलो सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
नवगठित नेपाल च्याप्टरद्वारा आयोजित कनेक्सन २०१९ काठमाडौँ नाम दिइएको सो सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल–भारतको सभ्यताको इतिहास र वर्तमानको सोच समान रहेको बताए ।
भारतीय जनसञ्चार संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले अब संस्थानका तर्फबाट स्नातकोत्तर शिक्षा दिने तयारी गरेको जानकारी दिए ।
संस्थानबाट तालीम लिएका र अध्ययन गरेकाहरुको सञ्जाल विश्वभर फैलिएको उनले बताए । संस्थानबाट नेपालबाट मात्र दुई हजार ७०० जनाले तालीम तथा शिक्षा लिइसकेको जानकारी दिए ।
आमसञ्चारको क्षेत्रमा सो संस्थान दक्षिण एशियाकै अग्रणी मानिन्छ । सन् १९६५ मा स्थापित संस्थानले विकास पत्रकारिताका लागि अध्यापन गराउँदै आएको छ । यसको एल्मुनाई एशोसिएशन भने सन् २०१२ मा स्थापना भएको थियो ।
कार्यक्रमअन्तर्गत भएको छलफल सत्रमा नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे, हिन्दुस्तान टाइम्सकी राष्ट्रिय राजनीति सम्पादक सुनित्रा चौधरी, भारतको एनडी टिभीका वरिष्ठ कार्यकारी सम्पादक मनोरञ्जन भारती, एचटी डिजिटल मिडियाका वरिष्ठ पत्रकार प्रसाद सन्यालले बदलिदो सञ्चार सञ्जालको बारेमा टिप्पणी गरेका थिए ।
एल्मुनाई नेपाल च्याप्टरका कार्यसमिति सदस्य शरच्चन्द्र भण्डारीले नेपाल भारत सम्बन्धलाई उचाइमा पु¥याउन एशोसियशनले महत्वपूर्ण भूमिका खेल्ने बताए । सम्मेलनमा नेपाल र भारतका पत्रकारको उल्लेख्य सहभागिता थियो ।
तपाईको प्रतिक्रिया