भारतीय डाक्टरद्वारा नेपालमा सम्मेलन

समाचार

9/9/2019

काठमाडौं, २२ भाद्र । भारतको एपोलो अस्पतालका डाक्टरको टिम काठमाडौंको दरबारमार्गमा आएर मिर्गौला प्रत्यारोपण र घुडाको जोर्नी प्रत्यारोपणको विषयमा सम्मेलन गरेका छन् ।

रेनल ट्रान्सप्लान्ट सर्जन डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टोलीले नेपालका बिरामीलाई चिकित्सकीय महत्वका विषयमा जानकारी दिनुका साथै घुँडा र मिर्गौलाको उपचारमा आएको नयाँ प्रविधिको बारेमा जानकारी दिएका थिए ।

मुटु र क्यान्सरको जटिल समस्या पनि एपोलो अस्पतालले हल गर्न सक्ने डा. सुब्रमन्यमले बताए । उनका अनुसार भारतको एपोलो अस्पतालमा विभिन्न उपचारको लागि महिनामा करिब तीन सय जना नेपाली पुग्छन् ।

डा. सन्दीपका अनुसार एपोलो अस्पतालले अहिलेसम्म २१ हजार भन्दा बढी सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।

अत्याधुनिक मेडिकल उपकरणको कारण ‘काडभरिक रेनल ट्रान्सप्लान्ट’ पनि सम्भव छ। एपोलो अस्पताल उच्च स्तरीय प्रत्यारोपण डाक्टर टोली भएको अस्पतालको रुपमा पनि चिनिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ