भारतीय डाक्टरले मुटुरोग उपचारमा लगानी गर्ने

समाचार

11/27/2019

काठमाडौं, ११ मंसिर । नेपालमा मुटुरोगको उपचारका लागि भारतको गुरग्राम मेदान्त अस्पतालका उपाध्यक्ष डा. रजनीश कपुरले लगानी गर्ने उद्घोष गरेका छन् ।

डा. कपुरले हार्ट हेल्थ एभोकेसी अभियानको उद्घाटन कार्यक्रम समबोधन गर्दै यसो भनेका हुन् । ‘नेपालमा १८ प्रतिशत मानिसको मृत्यु मुटु रागको कारण हुने अवस्था छ’, डा. कपुरले भने, ‘जसमध्ये ८० प्रतिशत जीवनशैली परिवर्तन र प्रविधिको प्रयोगले रोक्न सकिन्छ ।’

यस अभियानको उद्देश्य प्रशिक्षित मुटुरोग अधिवक्त।को माध्यमबाट नेपालमा मुटुरोगमा आउन सक्ने समस्या घटाउन सहयोग गर्नेछ ।

डा. कपरुका अनुसार स्वास्थ्य सुदृढीकरणको सार्वजनिक परिवर्तन ल्याउन गहन भूमिका खेल्नेछ । अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ