भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा नेपाल आउने

समाचार

7/26/2019

काठमाडौं, १० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता नेपालको चार दिने भ्रमणमा आउने भएका छन् ।

मोदीको नेपाल भ्रमण निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र भारतीय विदेश मन्त्रालयका कर्मचारी त्यसको तयारीमा जुटेका छन् ।

भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २० तारिख) सम्म हुने उनको भ्रमणको तयारीका लागि साउनको पहिलो सातासम्म भारतीय सुरक्षाकर्मीको एक टोली दुईपटक काठमाडौं आएर दिल्ली फर्किसकेको छ ।

उच्चस्तरीय भ्रमणका लागि आवश्यक सुरक्षा सुनिश्चितताको चासो राख्दै भारतीय सुरक्षाकर्मीले एकचरण नेपाली अधिकारीहरुसँग भेट गरेका छन् ।

‘दशैं अघि नै भारतका तर्फबाट उच्चस्तरीय भ्रमण हुने बलियो संकेत आएको सुरक्षा निकायका अधिकारीले बताएका छन् ।

गत जेठ दोस्रो साता पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका भारतीय समकक्षी मोदीलाई बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिएका थिए ।

गत जेठ १६ गते भएको मोदीको सपथग्रहणमा सहभागी भएका ओलीले समकक्षी मोदीलाई पुनः नेपाल भ्रमणको निम्तो दोर्होयाएर दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ