भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइयो

समाचार

9/30/2019

काठमाडौं, १३ असोज । भारतीय राजदूतावासले ५५औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) २०७६ मनाएको छ ।

सोमबार मेरियट होटेलमा आयोजित समारोहमा नेपालका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा थिए ।

नेपालका लागि भारतका राजदूत मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताए ।

यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पु¥याएको छ । सो समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरुको उपस्थिति थियो ।

नेपाल लगायत १६१ विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा‘आइटेक कार्यक्रम’सञ्चालित छ ।

सो समारोहमा मन्त्रालय तथा विभागका सचिव लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । नेपाल सरकारअन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीहरुको मानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्षहरुको उपयोग गर्दै आएको छ ।

तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ्ग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखार वाणिज्य आदि जस्ता विषयहरु समावेश गरिएको छ ।

नेपाल सरकार अन्तर्गतका संस्थाहरुको आवश्यकताअनुरुप निमार्ण गरिएको विशेष आइटेक कोर्षबाट ती संस्थाहरु लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ