वीरगंज, ३० साउन । भारतीय महावाणिज्य दूतावास वीरगंजले भारतको ७३औँ स्वतन्त्रता दिवस भव्यतापूर्वक मनाएको छ ।
दूतावासको प्रांगणमा कार्यवाहक भारतीय महावाणिज्य दूत रमेश प्रसाद चतुर्वेदीले झण्डोत्तोलन गरेर भारतका राष्ट्रपति रामनाथ कोबिन्दले देशवासीको नाउँमा दिएको सन्देश वाचन गरेर कार्यक्रम प्रारम्भ गरेका थिए ।
सो अवसरमा प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, प्रदेश राज्यमन्त्री योगेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया, प्रदेश सभासद प्रहलाद गिरी, वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेजामुद्दिन समानी लगायत स्थानीय व्यापारी, बुद्धिजिवी, समाजसेवी र स्थानीय बासिन्दाहरुको बाक्लो सहभागिता रहेको थियोे ।
सो अवसरमा विभिन्न स्कुलबाट आएका छात्रछात्राहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया