काठमाडौँ, ७ साउन । नेपालका महिला सांसदहरु भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायत भारतीय राजदूतावासका उच्च अधिकारीहरुसँग भेट गरेका छन् । भारतीय राजदूतावासमा २० भन्दा बढी महिला सांसदहरु पुगेर पुरीसँग भेट गरेका थिए ।
भारतीय राजदूतावासको निम्तोमा पुगेकाहरुमा सत्तारुढ र विपक्षी दलका नेताहरु छन् । नेपाल कम्युनिष्ट पार्टीबाट कोमल ओली, नविना लामा, गंगा सत्गौवा, नेपाली काँग्रेसकी सांसद तथा कोषाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, मीना पाण्डे, चित्रलेखा यादव, राजपाबाट चन्दा चौधरीलगायत सहभागी थिए । भेटघाट दुई घन्टा लामो समय चलेको थियो ।
भेटमा राजनीतिमा महिलाहरुको भूमिकालगायतका विषयमा छलफल भएको थियो । भारतीय राजदूतावासका डिसिएम अजयकुमारलगायतको भेटमा सहभागिता थियो ।
तपाईको प्रतिक्रिया