भारतीय रुपैयाँसहित पक्राउ

समाचार

9/25/2019

पर्सा, ७ असोज । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले एक लाख ३० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको चम्पारण जिल्ला बेतिया मझौलीया थाना १३ घर बताउने ३५ वर्षिय रविन्द्र यादव छन् ।

नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा भारतीय रुपैयाँ २ हजारको नोट ३० वटा र ५ सयको नोट १ सय ४० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ