काठमाडौं, २० पुस । कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ । कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ ।
रंरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ । यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउनेछ । जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तर गरिनेछ । सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले नेपालले माघ १ गते नेपालका लागि भारतबाट रेल आउने जानकारी दिएका हुन् ।
नयाँ रेल जयनगर–जनकपुर सञ्चालन गर्ने तयारी गरिएको छ । यसको दूरी ५१ किलोमिटर छ । मन्त्रिपरिषद्ले २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
२०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतवासबीच रेल खरिद सम्झौता भएको थियो । नेपालले खरिद गर्ने कार पाँच डिब्बाको हुनेछ ।
तपाईको प्रतिक्रिया