प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

समाचार

8/21/2019

काठमाडौं, ४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।  नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । आयोगको बैठक बुधबार नै सुरु हुँदैछ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बुधबार र बिहीबार हुनेछ । । प्रधानमन्त्री ओली भोलि सिंगापुर जाने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ