भारतीय सैनिक अधिकृत र जवान नेपालमा सैन्य अभ्यास गर्दै

समाचार

12/15/2019

काठमाडौं, २९ मंसिर । प्रतिविद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयरसम्बन्धी रुपन्देहीमा जारी नेपाल–भारत संयुक्त सैन्य अभ्यासको १४औं श्रृखलामा यसपटक भारतीय स्थल सेनाका ३ सय सैनिक अधिकृत तथा जवान सहभागी भएका छन् ।

एक्स सूर्यकिरण नाम दिइएको सो संयुक्त सैन्यअभ्यास को १४औं श्रृखलामा नेपाली सेनाका तर्फबाट पनि सोही सख्यामा सैन्य अधिकारी सहभागी छन् ।

सैनिक ब्याटल स्कूल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि जारी संयुक्त सैन्य अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी सिताराम खड्काले शुभारम्भ गरेका थिए । एक्स सूर्य्किरण प्रतिविद्रोह तथा जंगल वारफेयर, प्राकृतिक विपत्ती र प्रतिआतंकबादमा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन हुने सैन्य अभ्यास हो ।

नेपाल र भारतमा वर्षेनी आलोपालो गरि सञ्चालन भइरहेको अभ्यास अघिल्लो वर्ष भारतमा गरिएको थियो । नेपालमा सम्पन्न एक्स सूर्यकिरणको १२ औं श्रृखलामा महिला अधिकृत र जवानको सहभागिता रहे पनि भारतमा पहिलो पटक सहभागीता रहेको हो ।

नेपाल–भारत बीचको संयुक्त सैन्यअभ्यास एक्स सूर्य्किरण २०६७ बाट सुरु भएको हो । सुरुवातमा सानो संख्यामा दुबै देशका सैन्य अधिकृत र जवानको सहभागिता रहँदै आएको यो अभ्यास अहिले विस्तार भई झन्डै एउटा गणको आकारमा पुग्नथालेको छ ।

नेपालले भारतबाहेक अमेरिका र चीन लगायतका दौत्य सम्बन्ध कायम रहेका मित्र राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ