काठमाडौं, ५ असोज । भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के. सिवनले भारतले आफ्नो महत्वाकांक्षी अभियान ‘गगनयान’का लागि सन २०२१ सम्मको लक्ष्य राखेको बताएका छन् ।
उनका अनुसार भारत सन २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने तयारीमा अघि बढेको छ । पहिले यो लक्ष्य सन २०२२ राखिएको थियो । त्यसअघि भारतले डिसेम्बर २०२० मा पहिलो र जुलाई २०२१ मा दोस्रो मानवरहित यान अन्तरिक्षमा पठाउनेछ ।
तपाईको प्रतिक्रिया