भारतले नेपाललाई दिने अनुदानमा ४० प्रतिशत वृद्धि

समाचार

7/7/2019

काठमाडौ, २१ असार । भारतले नेपाललाई दिँदै आएको अनुदान यो आर्थिक वर्षमा ४० प्रतिशत वृद्धि गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमनले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ (१० अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेकी हुन् ।

नेपाललाई अघिल्लो वर्ष छुट्याइएको रकमभन्दा ४ अर्ब ८० रुपैया बढी हो । गत वर्ष भारतले १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेको थियो ।

नेपाल भारतबाट बढी अनुदान प्राप्त गर्ने देशमा तेस्रो स्थानमा परेको छ । भारतले छिमेकी मुलुकलाई दिने अनुदान बजेटमै उल्लेख गर्छ ।

नेपालको आयात भारतसँग निर्भर छ । भारतको अर्थतन्त्रमा वर्षेनी नेपालको १५ अर्ब अमेरिकी डलरको योगदान रहेको स्वतन्त्र अनुसन्धानले देखाएका छन् । त्यो भनेको १६ खर्ब रुपैयाँभन्दा बढी हो ।

यसको बदलामा भारतले नेपाललाई अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ । भारतीय बजेटमा छुट्याइएको रकम काठमाडौंस्थित भारतीय दूतावासमार्फत् परिचालन हुन्छ ।

भारतले अनुदान र ऋण सहयोगमा १ खर्ब ३० अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। जसमा अनुदानमा १ खर्ब १७ अर्ब ३२ करोड रुपैया बाँकी ऋणको परिणाम हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ