भारतले सबै क्षेत्रमा सहयोग गर्न चाहन्छ : राजदूत पुरी

समाचार

12/17/2019

काठमाडौं, १ पुस । नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले नेपालको सबै क्षेत्रमा भारत सहयोग गर्न चाहेको बताएका छन् ।

मंगलबार एक टेलिभिजन अन्तर्वार्तामा उनले अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण पर्यटन क्षेत्र रहेको र भिजिट नेपाल २०२० को सुरु भइरहेको अवस्थामा नेपालमा आउने पर्यटकमा पनि भारत नै एक नम्बरमा पर्ने दाबी गरेका छन् ।

‘तपाईंहरु पर्यटनको लागि आकर्षक विज्ञापन गर्नुहोस् । त्यो पनि व्यक्तिगत होइन, कुनै होटेल, एयरपोर्ट लगायतका ठाउँमा आकर्षक ढंगले विज्ञापन गर्नुहोस्’, उनले भने, ‘जसको कारणले भारतबाट नेपाल आउने पर्यटकहरु आउन सहयोग मिलोस् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ