काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले नेपालको अतिक्रमित भू–भाग फिर्ता ल्याउन नेपालसँग दस्तावेज संग्रह आवश्यक रहेको बताएका छन् ।
राष्ट्रियता साझा भाव भएपनि प्रमाण जुटाएर कूटनीतिक छलफल आवश्यक रहेको उनको भनाइ छ ।
‘जुलाईको अन्तिम सातातिर संसदको एउटा समितिमा परराष्ट्रमन्त्रीलाई सोधियो, तपाई हामीसँग सुगौलीसन्धीको मुलकपी छ कि छैन भन्दा छैन,’ काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने,‘१९५० को सन्धीको सोध्यो त्यो पनि छैन ।’
पुराना दस्तावेजहरु नहुँदा अन्तर्राष्ट्रिय समुदायसँग भूमी मिचिएकोबारे सरकार बोल्न नसकेको उनको आरोप छ ।
तपाईको प्रतिक्रिया