भरुवा बन्दुकसहित पक्राउ

समाचार

3/4/2019

रुपन्देही, १९ फागुन । नवलपरासी सुनवल नगरपालिका–७ ज्यामिरे बस्ने ३४ वर्षीय मानबहादुर कवारलाई भरुवा बन्दुक १ थान र सारस जस्तो देखिने चरा सहित फेला पारी शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

देवदह नगरपालिका–५ पानवारी कचरा खोला किनारामा बन्दुक पड्केको आवाज सुनी प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त भरुवा बन्दुक र सारस सहित मानबहादुरलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ