भष्टाचार प्रमाणित भए जस्तोसुकै कार्यवाही भोग्न तयार छु : अध्यक्ष सिंह

समाचार

11/13/2019

सप्तरी, २७ कार्तिक । तिलाठीकोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले उपाध्यक्ष सुचिता यादबले लगाएको आरोप प्रमाणित गरेर देखाए जस्तोसुकै कार्यवाही भोग्न तयार रहेको बताएका छन् ।

राजविराजमा अध्यक्ष सिँहले पत्रकार सम्मेलन गरेर सो कुरा बताउँदै उनले भने प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुन आएका राजिव झा विवादित व्यक्ति भएकोले उनलाई जिम्मेवारी र अख्तियारी नदिएको स्पष्ट पारे ।

उनले भने उपाध्यक्ष सुचिता यादवसहित विपक्षी दलका स्थानीय नेताहरुले सरकारी ऐन, नियम कानुनलाई मिचेर मनपरी ढंगले बजेटको दुरुपयोग गरेको आरोप प्रमाणित गरेर देखाए कार्यवाही भोग्न तयार रहेको बताए ।

अध्यक्ष सिंहले भने कार्यालयको सम्पूर्ण गतिविधि र सूचना समेत लुकाई आफूखुशी काम गर्दै आएकोमा भनी आरोपको खण्डन गर्दै भने आफु कार्यालयको कुनै पनि सूचना जति बेला पनि उपलब्ध गराउँदै आएको बताए ।

गाउँपालिकाको सम्पूुर्ण योजना बारेमा परिषद्बाटै सिंगो गाउँपालिकाको बजेट निर्माण जस्तो शिर्षकमा बजेट छुट्याएको तथा स्वीकृत दरबन्दी बाहेक बोडबाटै करारमा कर्मचारी नियुक्ति नगरेको बताए ।

आफ्नै पार्टीका उपाध्यक्ष यादवसहित केहि व्यक्तिद्वारा पत्रकार सम्मेलन गरी लगाइएको आरोप निराधार रहेको उनले दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ