भैंसीप्रति शहीद परिवारको असन्तुष्टि, खरीदमा अनियमितता भएको आरोप

समाचार

7/7/2019

रौतहट, २२ असार । प्रदेश सरकारले शहीद परिवारलाई उपलब्ध गराएको दुधालु भैंसीप्रति असन्तुष्टि जनाएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले वितरण गरेका दुधालु भैंसीप्रति शहीद परिवारले असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सरकारले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका मधेशी शहीदको परिवारलाई जीविकोपार्जनका लागि एक एक वटा भैंसी दिने गरेको घोषणा अनुसार शनिबार वितरण गरिएको भैंसीप्रति शहीद परिवारहरु दुःख व्यक्त गरेका छन् ।

लामो समयसम्म भएको मधेश आन्दोलनको बेला झुटो बोल्ने नेताको कारण छोरा, श्रीमान, जीवन गुमाएको तथा शहीदको बलिदानीको भर्यांग बनाएर सत्तामा पुगेका मधेशी नेताहरुले भैंसी खरीदमा पनि अनियमितता भएको आरोप लगाएका छन् ।

रौतहटको राजदेवी नगरपालिका ७ मुडवालवाका शहीद विद्यानन्द यादवको दाई उपेन्द्र प्रसाद यादवले भैंसी पाएर खÞुशी हुनुको साटो शहीद परिवार र घाइते परिवार दुखी भएको प्रतिक्रिया दिएका छन् ।

४० देखि ५० हजारमा पाउने कमसल जातका भैसी दिएर शहीद परिवारको भावनामा सरकारले ठेस पुर्याएको उनको कथन रहेको छ ।

आफूलाइ स्वच्छ छवि, ईमानदार भनिने नेता योगेन्द्र यादवको कार्यप्रति मधेश आन्दोलनदेखि नै जनताहरु रुष्ट रहेका छन् ।

झूठ बोल्नेमा पहिलो स्थान नै हासिल गरेका राज्यमन्त्री यादवप्रति विश्वास गरे आशा पूरा हुन नसक्ने स्थानियहरुको प्रतिक्रिया रहेको छ ।

नाकाबन्दीको बेलामा प्रदर्शनमा कम सहभागी हुने यादव रेडियोमार्फत ठूलो ठूलो भाषण दिने गरेको अहिलेसम्म स्मरण रहेको उनीहरुको भनाइ रहेको छ ।

७ लिटर दूध आउने दावी गरिए पनि भैसीको शारीरिक बनावट हेर्दा २ देखि ३ लिटरसम्म दूध दिन सक्ने अवस्था रहेको छ । उनीहरुले सरकारले उन्नत जÞातको राम्रो खालको भैंसी नदिएर मजाक उडाएको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ