माइक्रोबस र ट्रक ठोक्किँदा छ को मृत्यु

समाचार

10/7/2018

बाँके, २० असोज । राप्ती सोनारी गाउँपालिका–९ मुगुवा खोलास्थित सडकमा दाङबाट नेपालगंजतर्फ आउँदै गरेको रा.१ ख १६६२ नम्बरको माइक्रोबस र बिपरित दिशाबाट आउँदै गरेको लु.१ ख ७७२९ नम्बरको ट्रक शनिबार एकआपसमा ठक्कर खाँदा ४ जनाको घटनास्थलमै र गम्भीर घाइते भएका २ जनाको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतकमध्ये दाङ तुलसीपुर उपमहानगरपालिका–५ बस्ने ५० वर्षीया नारायणी श्रीष, सोही उपमहानगरपालिका(७ बस्ने माइक्रोबस चालक ३३ वर्षीय सुगने चौधरी, सल्यान शारदा नगरपालिका-५ बस्ने ३० वर्षीया दोर्ना बुढाथोकी र हाल सनाखत हुन नसकेका १ जनाको घटनास्थलमै मृत्यु भएको हो । दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने ३० वर्षीया तुल्सी रावत र २७ वर्षीया बसन्ती चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । घाइते १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ