मुख्यमन्त्री कार्यालयबाट अस्थायी शिक्षकहरु पक्राउ

समाचार

11/5/2019

जनकपुरधाम, १९ कार्तिक । प्रदेश २ को मुख्यमन्त्री कार्यालयबाट अस्थायी शिक्षकहरु पक्राउ परेका छन् । उनीहरु मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न गएका थिए ।

मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ३० भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।

सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राखेका छन् ।

यसअघि अस्थायी शिक्षकहरुले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आधा घण्टा चक्काजाम गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ