काठमाडौं, १३ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।
भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए ।
राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए ।
उनले प्रदेश र स्थानीय सरकारहरुलाई छलफलका आधारमा सहयोग गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
तपाईको प्रतिक्रिया