मुख्यमन्त्री राउतद्वारा दशै बजार समुदघाटन

समाचार

9/29/2019

जनकपुरधाम, १२ असोज । दशैं, दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैं बजारको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उद्घाटन गरेका छन् ।

उपभोक्तालाई एकै थलोबाट आवश्यक सामग्री सुपथ मुल्यमा उपलब्ध गराउने परम्पराको प्रसंशा गर्दै मुख्यमन्त्री राउतले यस प्रकारको बजार बाह्रै महिना लगाउने तर्फ ध्यान दिनु पर्ने आश्यक्ता औल्याए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता एवं जनकपुर उद्योग वाणिज्य संघको व्यवस्थापनमा आइतबारबाट शुरु भएको मेला अष्टमी तिथिसम्म रहने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा भएको उद्घाटनसत्रमा प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पूर्वअध्यक्ष लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ