मुख्यमन्त्री राउतद्वारा नटराज स्टुडियोको उद्घाटन

समाचार

9/22/2019

जनकपुरधाम, ५ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले जनकपुरमा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गरेका छन् ।

रामानन्द चौकस्थित स्टुडियोको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले आधुनिक प्रविधियुक्त स्टुडियोले कलाकारहरुको हौसला बढाउनुको साथै स्थानीय भाषा संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

‘यस्ता स्टुडियो यहाँका औद्योगिक घरानाहरुलाइ पहिला नै खोल्नु पर्ने थियो, मुख्यमन्त्री राउतले भने,‘ ढिलै भएपनि एउटा सुखद प्रयास भएको छ,उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

स्टुडियोको कार्यकारी निर्देशक अनिल मिश्राको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ