मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

समाचार

11/13/2019

पर्सा, २६ कार्तिक । धोबिनी गाउँपालिका–२ आशवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय अशोक प्रसाद साहको नारायणी अस्पतालतर्फ उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार साहकी बहिनी भारत बस्ने ४२ वर्षीया सुनैना देवीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ