धनुषा, ७ मंसिर । धनुषाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गणेशमान चारनाथ नगरपालिका–६ गोदारस्थित बिआर ३२ यू १७०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी विदेह नगरपालिका–८ बफै पुलस्थित भित्री सडकमा स.८ प ७५७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति भत्किएको बफैपुलबाट करिब १० फिट तल पानीमा खस्दा मोटरसाइकल अन्दाजी २० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया