बाँके, १५ असार । नेपालगंज उपमहानगरपालिका ४ एकतानगरस्थित सडकमा लु.४६ प १६० नम्बरको मोटरसाइकल आइतबार बिहान अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने २१ वर्षीय दिनेश लामिछानेको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया