बाँके, १० कार्तिक । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरिया गाउँस्थित सडकमा भे.१ प ३०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु भएको छ ।
शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–१० बस्ने ३६ वर्षीया मिना बस्यालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया