मोटरसाइकल पल्टिँदा एकको मृत्यु

समाचार

7/1/2019

नवलपरासी(पश्चिमी), १५ असार । प्रतापपुर गाउँपालिका १ भिठ्ठास्थित सडकमा यूपी ५६ बी ४०४२ नम्बरको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका ७ सूर्यपुरा बस्ने वर्ष ३५ वर्षीया रुनघा यादवको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतकका श्रीमान नाथु यादव सामान्य घाइते भएका छन् । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ