जलेश्वर, १० असार । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले ब्रेन हैमरेज र प्यारालाइसिसबाट ग्रसित एक विरामीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
ब्रेन हैमरेज र प्यारालाइसीस रोगबाट चार सालदेखि ग्रसित रहेका जलेश्वर नगरपालिका वडा नं. ६ बस्ने श्याम सुन्दर प्रसाद साहलाई मेयर मण्डलले सहयोग गरेका छन् ।
मेयर मण्डलले उनको घरमा पुगी रु. ५० हजार उपचार खर्च सहयोग स्वरूप प्रदान गरेका हुन् ।
यसैगरी, मेयर मण्डलले मटिहानी नगरपालिका ७ का प्यारालाइसिसका विरामी गणेशी ठाकुरलाई पनि उपचारका लागि नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।
तपाईको प्रतिक्रिया