मुठ्ठी दान गरेर क्रिकेट खेलको आयोजना

समाचार

10/28/2018

महोत्तरी, ११ कार्तिक । गौतम होटल बर्दिबास महोत्तरीका प्रबन्धक हिरा गौतमले क्रिकेट खेलाडीहरुलाई एक लाख रुपैयाँ बराबरको खेल समग्री प्रदान गरेका छन् ।

पत्रकार सम्मेलन गरेर उनले महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर— १३ बिजलपुरा स्थित बिजलपुरा स्पोर्टस क्लवलाई क्रिकेटका खेल समाग्री हस्तान्तरण गरेका हुन् ।

क्लबले बर्दिबास नगरपालिका स्तरीय क्रिकेट टुर्नामेन्टको आयोजन गर्न मुठ्ठीदान अभियान संचालन गरेको थाहा पाएर समाजसेवी समेत रहेको होटलका प्रबन्धक गौतमले ब्याट, विकेट, जर्सी लगायतका खेल समाग्री प्रदान गरेका छन् ।

हिन्दुहरुको महान चार्ड दिपावली तथा छठ पर्वको उपलक्ष्यामा कार्तिक ११ गतेबाट सात दिवसयीय क्रिकेट खेलको बिजलपुरामा आयोजना हुदैंछ ।

स्थानीय सुखलाल महतो अध्यक्षतामा क्रिकेट खेल संचालन समिति गठन गरेर गाउँले युवाको क्रिकेटप्रतिको रुची आत्मसाथ गरेर बर्दिबास नगरपालिका स्तरीय खुल्ला क्रिकेट टुनामेन्ट ‘बिजलपुरा कप—२०७५’ संचालन गर्न लागेको हो ।

खेलाडीहरुलाई खेल समाग्री प्रदान गर्दै समाज सेवी हिरा गौतमले खेलले समाज राष्ट्रलाई चिनाउने भएकोले खेलाडीलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

क्रिकेट खेलको मुख्य प्रायोजक गौतम होटल समेत बनेको छ । क्रिकेट खेलको महोत्तरीका एक दर्जन मिडियाहरुले मिडिया पार्टनरको रुपमा सहयोगी बनेका छन् ।

एक सातासम्म चल्ने खेलमा कम्तिमा दुई लाख खर्च हुने क्रिकेट खेल आयोजक बिजलपुरा स्पोर्ट क्लवका कपतान ज्ञानेन्द्र सिंहले बताए ।बर्दिबासमा फुटलब, ब्याडमिन्टन, तेक्वान्दो, भलिबल, क्रिकेट जस्ता खेलहरुमा युवा पुस्ता लगनशिल भएर लागेका छन् । बर्दिबासमै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न खेलको आयोजना गरेको आयोजकले जनाएको छ ।

खेल विद्यामा बर्दिबासले पछिल्लो समय पहिचान बनाउँदै गइरहेको छ । नगर स्तर क्रिकेट टुर्नामेन्टमा सहभागि भएको टिकका खेलाडीहरुलाई खेल पश्चात बर्दिबास नगरपालिकासंग बजेट माग गरेर नगर स्तरीय क्रिकेट टिम गठन गरेर खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गर्न पहल गर्ने खेल आयोजक र प्रायोजक सस्थाको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ